प्रधानमन्त्री दाहाल विश्वासको मत लिंदै
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत लिंदै छन्।
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत ६ दलको समर्थनमा गत पुस १० गते दाहाल प्रधानमन्त्री बनेका थिए। राष्ट्रपति निर्वाचनको विषयलाई लिएर गत फागुन १२ गते नयाँ गठबन्धन बनेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिंदै समर्थन फिर्ता लिएका थिए।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसैका आधारमा आज प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिंदै छन्।