उपराष्ट्रपति पदका लागि मतदान जारी
उपराष्ट्रपति पदका लागि मतदान जारी छ। शुक्रबार बिहान ११ बजेसम्म २२० मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतदान संघीय संसद् नयाँबानेश्वरमा बिहान १० बजेदेखि मतदान शुरू भएको हो। निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी उम्मेदवार रहेका छन्। प्रमिला कुमारीले भने आफ्नो उम्मेदवारी निष्कृय बनाएको घोषणा गरेकी छन्।
अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ। संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ। निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन्। मतदान सकिए लगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।