तस्वीरमा नेपालको जित
आईसीसी विश्वकप लिग-२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेको छ।
नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरमा सबै विकेट गुमाएर ७१ रनमै समेटिएको हो। यूएईलाई सस्तैमा समेट्न ललित राजवंशीले महत्वपूर्ण पाँच विकेट लिए।
यो जितसँगै नेपालले एकदिवसीय वरियता जोगाएको छ भने लिग-२ को अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ। नेपालले ३४ मा १७ खेल जित्दै ३६ अंक जोडेको छ।