उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन नौ दल छलफलमा
उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन गठबन्धनमा रहेका विभिन्न दलका शीर्ष नेता छलफलमा जुटेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका हुन्। बैठकमा नौ दलीय गठबन्धनका नेतासँगै प्रभु साह पनि सामेल भएका छन्।
गठबन्धनमा रहेका जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय गरिसकेका छन्। कसलाई साझा उम्मेदवार बनाउने भन्ने विषयमा गठबन्धनमा रहेका दलबीच छलफल चलिरहेको जनाएको छ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्तिक समाजवादी पार्टी, नागरिक उम्मुक्ति पार्टी, जनमत पार्टी, नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीका नेता सहभागी छन्। त्यस्तै, आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि बैठकमा सहभागी छन्।