एक्साइडको विद्युतीय रिक्सा ब्याट्री बजारमा
सिप्रदी ट्रेडिङले एक्साइड ब्रान्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ ई-रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण शुरू गरेको छ।
एक्साइड ब्रान्डको ई-रिक्सा ब्याट्रीको १५ महीना वारेन्टी भएको सिप्रदीले जनाएको छ। साइड ब्रान्डको ई-रिक्सा ब्याट्री फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकाले सिधा जडान गर्न सकिने जनाइएको छ।
विशेष अलोई प्रणाली भएको ब्याट्रीले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसैगरी, ‘रगेड ट्युवलर पोजिटिभ प्लेट’ को विशेषता भएकाले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्ने दाबी गरिएको छ।
कम्पनीले कुनै पनि पुरानो ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री खरीद गर्न सक्ने व्यवस्था गरेको जनाएको छ।