तेस्रो पटक राष्ट्रपति बने सी चिनफिङ
तेस्रो पटक राष्ट्रपति भएपछि सी चिनफिङले रातो छालाको गाता भएको चिनियाँ संविधानमा बायाँ हात राखेर दायाँ मुठ्ठी उठाउँदै चीनलाई ‘समृद्ध, सुदृढ, लोकतान्त्रिक, सभ्य, सहिष्णु र महान आधुनिक समाजवादी देश’ बनाउने शपथ खाए।
पूर्वनिश्चित सरह नै रहेको निर्णयलाई औपचारिक अनुमोदन गर्दै सी चिनफिङलाई तेस्रोपटक चीनको राष्ट्रपति र ‘केन्द्रीय सैन्य आयोग’ (सीएमसी)को अध्यक्ष पदमा निर्वाचित गरेको छ। शुक्रबार सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १४औं जनकंग्रेसको चौथो सत्रमा सहभागी दुई हजार ९७७ प्रतिनिधिले एकैमतले ६९ वर्षीय सीलाई तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित गरेको हो।
सन् २०१८ मा सम्पन्न चीनको संविधान संशोधन गर्दै दुई पटकभन्दा बढी पनि राष्ट्रपति हुन पाउने व्यवस्था गरेपछि सी तेस्रो पटक निर्वाचित भएका हुन्। उनी सन् २०१३ मा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए।
तेस्रो पटक राष्ट्रपति भएपछि सी चिनफिङले रातो छालाको गाता भएको चिनियाँ संविधानमा बायाँ हात राखेर दायाँ मुठ्ठी उठाउँदै चीनलाई ‘समृद्ध, सुदृढ, लोकतान्त्रिक, सभ्य, सहिष्णु र महान आधुनिक समाजवादी देश’ बनाउने शपथ खाए।
सी राष्ट्रपति हुने त पूर्वनिश्चित नै थियो। नयाँ प्रधानमन्त्रीको छनोट र आउँदा दिनमा हुने मन्त्रीहरूको छनोटले भने महत्त्वपूर्ण अर्थ राख्ने अनुमान गरिएको छ। अब नियुक्त हुनेहरू सीका बफादार हुने आशा गरिएको छ। ली छियाङ प्रधानमन्त्रीका रूपमा चयन हुने जनाइएको छ।
शुक्रबार नै हाज झेङ उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।