तस्वीरमा नवनिर्वाचित राष्ट्रपति
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन आयोगले राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आयोजित समारोहमा निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो। आयोगले प्रमाणपत्र प्रदान गरेसँगै विभिन्न राजनीतिक दलका नेताहरूले बधाई दिँदै खुशीयाली साँटासाँट गरेका छन्।