तस्वीरमा राष्ट्रपतिको निर्वाचन
नयाँ राष्ट्रपति चयनका लागि काठमाडौंको नयाँबानेश्वरस्थित संघीय संसद भवनमा मतदान भइरहेको छ।
बिहान १० बजे शुरू भएको मतदान दिउँसो ३ बजेसम्म हुने छ। राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्बाङले मतदात गरिसकेका छन्। यस्तै‚ प्रधानमन्त्री पुष्पकमल दाहाल‚ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताले पनि मतदान गरिसकेका छन्।
राष्ट्रपति निर्वाचनमा ८८२ मतदाता छन्। जसमा संघीय संसद्का ३३२ र प्रदेश सभाका ५५० सदस्य छन्। संघीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ।