नेमकिपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने
नेपाल मजदूर किसान पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ।
बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले मतदान नगर्ने निर्णय गरेको सचिव प्रेम सुवालले जानकारी दिए। राष्ट्रपतिका उम्मेदवार पार्टीका भएकाले मतदानमा भाग नलिने निर्णय गरेको उनको भनाइ छ।
राष्ट्रपतिको उम्मेदवारमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्बाङ छ। मतदान नयाँबानेश्वरस्थित संसद् भवनमा शुरू भएको छ।