वसन्तपुरमा होलीको उल्लास (तस्वीरहरू)
फागु पूर्णिमा अर्थात होली आज देशभर रङ लगाएर धुमधामसँग मनाइँदै छ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि होली पर्व मनाउने प्रचलन छ। एक-आपसमा विभिन्न रङ तथा अबीर लगाएर होली मनाउने गरिन्छ।
आज पहाडी जिल्लामा होली मनाइँदै छ भने भोलि तराईका जिल्लामा होली मनाइनेछ। होली पर्वका अवसरमा आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा सार्वजनिक बिदा दिइएको छ।
काठमाडौं उपत्यकामा विशेष गरेर वसन्तपुर दरबार क्षेत्रमा होली मनाउने गरिन्छ। बिहानैदेखि स्वदेशी तथा विदेशी वसन्तपुर दरबार क्षेत्रमा भेला भएर होली मनाइरहेका छन्।