नेपालको कसिलो बलिङ, यूएईले दियो २०८ रनको लक्ष्य
आईसीसी विश्वकप लिग-२ अन्तर्गत बिहीबारको खेलमा नेपालले २०८ रनको लक्ष्य पाएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले आठ विकेटको क्षतिमा २०७ रन बनाएको हो। यूएईका लागि आशिफ खानले ७२, रोहन मुस्ताफाले ५२, आर्यान लक्राले २८, चुन्दाङ्गापोयिल रिजवानले २२ र भृत्य अरविन्दले १८ रन बनाए।
नेपालका बलरले कसिलो बलिङ गरे। नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी, आरिफ शेख र कुशल मल्लले एक-एक विकेट लिए।
त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई हराएको थियो। केही बेरमा नेपालले ब्याटिङ गर्नेछ।