नेपाली युवा टोली १९१ रनमै अलआउट
आईसीसी यू-१९ विश्वकप छनोट प्रतियोगिता खेलिरहेको नेपाली युवा टोली १९१ रनमै अलआउट भएको छ।
यूएईमा जारी छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाली ब्याटर चल्न सकेनन्। नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको हो।
नेपालका लागि कप्तान देव खनालले अर्धशतक बनाए। खनालले ८४ बलमा ५१ रन बनाए।
त्यस्तै, विशालविक्रम केसीले ३८, उत्तम थापा मगरले ३६, दीपेश कँडेलले १५, हेमन्त धामीले १३, मिलन बोहराले १०, आकाश त्रिपाठीले नौ, आकाश चन्दले चार, अर्जुन कुमालले तीन र सुवास भण्डारीले दुई रन बनाए।
यूएईका लागि ध्रुव परासरले तीन, आयान अफजल खानले दुई तथा हर्षित सेठ र अम्मर बदामीले एक-एक विकेट लिए।
नेपालले यो खेल जितेमा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ।