प्रदेशको नाम ‘किरात लिम्बुवान सगरमाथा’ राख्न एकीकृत समाजवादी र जसपाको प्रस्ताव
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश १ को नाम ‘किरात लिम्बुवान सगरमाथा’ राख्न प्रस्ताव गरेका छन्।
एकीकृत समाजवादीका सांसद राजेन्द्रकुमार राई प्रस्तावक रहेका छन् भने एकीकृत समाजवादीका कमलप्रसाद जबेगू र जसपाकी निर्मला लिम्बू समर्थक रहेका छन्। उनीहरूले बुधबार संसद् सचिवालयमा प्रस्ताव दर्ता गरेका हुन्।
नेकपा (एमाले) र नेपाली कांग्रेसले आजै कोशी प्रदेश नामकरणका लागि प्रस्ताव दर्ता गराएको छ। नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेशमा मतदान गर्ने निर्णय गरिसकेको छ।