प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित
प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ।
आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ। संसद् सचिवालयले जारी गरेको सूचनामा प्रतिनिधि सभाको बैठक आगामी चैत ५ गतेसम्म स्थगित गरिएको उल्लेख छ।
संसद् सचिवालयका महासचिव भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ, ‘फागुन १७ गते आज दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश स्थगित भई आगामी चैत ५ गते आइतबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरिएको छ।’
अब राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनपछि मात्रै प्रतिनिधि सभाको बैठक बस्नेछ। यही फागुन २५ गते राष्ट्रपतिको र आगमी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ।