उपनिर्वाचनमा भाग लिन १८ दल इच्छुक (सूची)
चितवन–२ मा हुन लागेको उपनिर्वाचनका लागि १८ दल निर्वाचन आयोगमा दर्ता भएका छन्।
आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी लगायत दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।