हात्तीपीडितलाई राहत दिने प्रदेश सरकारको निर्णय
बागमती प्रदेश सरकारले हात्तीको आक्रमण परी ज्यान गुमाएकाका परिवारलाई एक-एक लाख रुपैयाँ राहत दिने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएका मकवानपुरका दुई र सिन्धुलीका एक जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।
हात्तीको आक्रमणबाट फागुन ८ गते मकवानपुरको मनहरी गाउँपालिका-४ की ६४ वर्षीया राधा अधिकारी, फागुन ११ गते बकैया गाउँपालिका-५ का सन्तलाल माझी र फागुन १३ गते सिन्धुलीको कमलामाई नगरपालिका-१३ का ४० वर्षीय दण्डपाणि पौडेलको मृत्यु भएको थियो।