नेपालको कसिलो बलिङ, हङकङ १२० रनमै अलआउट
नेपाली युवा टोलीले कसिलो बलिङ गरेपछि हङकङ १२० रनमै समेटिएको छ।
यूएईमा जारी यू-१९ विश्वकपको एशिया छनोट अन्तर्गत सोमबार भएको खेलमा नेपालले हङकङलाई ४६.३ ओभरमा १२० रनमै अलआउट गरेको छ। हङकङका लागि पर्थ भागवतले ३६, मोहम्मद अलियान जहिरले २९ र आहान त्रिवेदीले १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका तर्फबाट सात वटै बलरले कसिलो बलिङ गरे। नेपालका लागि हेमन्त धामीले तीन, आकाश चन्द र सुवास भण्डारीले दुई–दुई तथा दीपेश कँडेलले एक विकेट लिए।
केही बेरमा नेपालले ब्याटिङ गर्नेछ।
एशिया छनोट अन्तर्गत नेपालले फागुन १२ गते भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले र फागुन १३ गते भएको खेलमा कुवेतलाई २४३ रनले पराजित गरेको थियो।