सडक दुर्घटनामा मलेशियामा दुई नेपालीको मृत्यु
सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्ट र नुवाकोट घर भई सोही कम्पनीमा कार्यरत शिव दाहालको मृत्यु भएको छ ।
शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा घटनास्थलमै दुवैजनाकाे मृत्यु भएको जनाइएकाे छ ।
आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भई सोही कम्पनीमा कार्यरत शिव दाहालको समेत मृत्यु भएको बताइएको छ ।
मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ । मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको बताइएकाे छ।