हेर्नुहोस् फोटो काठमाडौं महोत्सवमा छनोट भएका केही तस्वीर
पाँचौ संस्करणको फोटो काठमाडौं महोत्सव फागुन १२ गतेदेखि शुरू हुँदै छ।
हरेक दुई वर्षमा आयोजना हुने महोत्सवको तयारी पूरा भएको आयोजक फोटो सर्कलले जनाएको छ। आगामी चैत १७ गतेसम्म चल्ने महोत्सवमा देश–विदेशका कलाकार सहभागी हुँदै छन्।
महोत्सव अवधिमा कलाकारसँग साक्षात्कार तथा संवाद कार्यक्रम पनि आयोजना गरिनेछ। त्यस्तै, प्यानल छलफल, अन्तरक्रिया, कार्यशाला, फोर्टफोलियो समीक्षा र नेटवर्किङ कार्यक्रम आयोजना गरिने महोत्सव निर्देशक नयनतारा गुरुङले जानकारी दिइन्।
महोत्सवमा फोटो प्रदर्शनीसँगै विभिन्न कार्यक्रम गरिनेछन्। महोत्सवका कार्यक्रममा निःशुल्क सहभागी हुन पाइनेछ। फोटो काठमाडौं महोत्सवबारे विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।
प्रदर्शनीका लागि छनोट भएका केही तस्वीर: