यी हुन् राष्ट्रपति चुनावका ८८१ मतदाता (सूची)
राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको नामावली सार्वजनिक गरेको छ।
निर्वाचन अधिकृतको कार्यालयले बुधबार ८८१ मतदाताको नामावली सार्वजनिक गरेको हो। जसमा संघीय संसद्का ३३१ र प्रदेश सभाका ५५० सदस्य छन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभामा ३३४ सदस्यमध्ये रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन-२ मा प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको छ।
त्यस्तै, प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङ र अरुणकुमार चौधरीले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने भएका छन्। कांग्रेस सांसद गुरुङ भ्रष्टाचारको अभियोगमा निलम्बनमा छन्।
नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी ट्र्याक्टरमा आगजनी गरेको मुद्दामा गत माघ १९ गते पक्राउ परेका थिए। प्रहरीले पक्राउ गरेसँगै उनलाई निलम्बन गरिएको थियो।
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि उनी जेल मुक्त भइसकेका छन्। त्यस्तै, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद चौधरीको निलम्बन फुकुवा भएको जानकारी दिएका छन्। तर, त्यसअघि नै मतदाता नामावली सार्वजनिक गरिएकाले उनको नाम समावेश गरिएको छैन।
राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदै छ। त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।
राष्ट्रपति निर्वाचनका लागि मतदाताको सूची: