नेपाललाई स्कटल्यान्डले दियो २१३ रनको लक्ष्य
आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपाललाई जितका लागि स्कटल्यान्डले २१३ रनको लक्ष्य दिएको छ।
मंगलबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन जोडेको हो।
स्कटल्यान्डलाई सस्तोमा समेट्ने क्रममा सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए। करण केसीले तीन, ललित राजवंशी र कुशल मल्लले एक–एक विकेट लिए।
स्कटल्यान्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० र म्याथ्यु क्रसले ४२ रन जोडे।