नामिबियाले अन्तिम पाँच ओभरमा बनायो ८४ रन, नेपाललाई २७५ रनको लक्ष्य
आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ६ विकेटको क्षतिमा २७४ रन बनायो। नामिबियाका लागि जेन ग्रिनले ७५ रन बनाए। उनले ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे।
त्यस्तै, पिक्की या फ्रेन्सले ४९, ह्यान्डी लोरेन्सले ४१, रुबेन टुम्पेलमनले २४, मिचेल भानलिंगेनले २२ र कार्ल ब्रिक्स्टोकले २० रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले तीन र करण केसीले एक विकेट लिए। अन्तिम पाँच ओभरमा नेपाली बलर महँगा सावित भए। नामिबियाले अन्तिम पाँच ओभरमा ८४ रन बनायो।
त्रिदेशीय शृङ्खला अन्तर्गत आज चौथो खेल भइरहेको छ। पहिलो खेलमा नेपाले नामिबियालाई पराजित गरेको थियो। दोस्रो खेलमा स्कटल्यान्डले नामिबियालाई हराउँदा तेस्रो खेलमा नेपालले स्कटल्यान्डलाई हराएको थियो।