तस्वीरमा नेपालको जित
आईसीसी विश्वकप लिग-२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेट पराजित गरेको हो। स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ८५ र कुशल मल्लले ८१ रन बनाए। यसअघि स्कटल्यान्डका लागि मिचेल लिस्कले १०७ रन बनाएका थिए।
नेपालले अर्को खेल शनिबार बिहान ९ बजे त्रिवि केक्रेट मैदानमै नामिबियासँग खेल्नेछ।