सरकारले ‘जनयुद्ध दिवस’ लाई वार्षिक क्यालेन्डरमै राख्ने
मन्त्रिपरिषद्ले फागुन १ गतेलाई सरकारी क्यालेन्डरमा समेट्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को फागुन ४ गते बसेको बैठकले ‘जनयुद्ध दिवस’ र पृथ्वी जयन्तीलाई क्यालेन्डरमा राख्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। नेकपा (माओवादी)ले २०५२ फागुन १ मा सशस्त्र संघर्ष शुरू गरेको मितिलाई सरकारले ‘जनयुद्ध दिवस’ का रूपमा मनाउने निर्णय गरेको हो।
सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले भनिन्, “पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसलाई थपेर अघिल्लो सालकै क्यालेण्डरको सार्वजनिक बिदालाई थप्ने निर्णय भएको छ।”
गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले २०८० सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिपषद्का निर्णय: