नेपालले पायो २७५ रनको लक्ष्य
आईसीसी विश्वकप लिग-२ अन्तर्गत शुक्रबारको खेलमा स्कटल्यान्डले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ।
त्रिदेशीय शृङ्खलाको तेस्रो खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको स्कटल्यान्डले नौ विकेटको क्षतिमा २७४ रन बनाएको छ। स्कटल्यान्डका लागि मिचेल लिस्कले १०७ रन बनाए। उनले ८५ बलमा नौ छक्का र तीन चौका प्रहार गरे।
त्यस्तै, स्कटल्यान्डका लागि ज्याक जर्भिसले २६, क्रिस्टफोर म्याकब्रिज र ब्रान्डम क्याकलमले २२-२२, मार्क वाटले २०, रिचार्ड बेरिङटन र म्याथ्यु क्रसले १९-१९ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले तीन, कुशल मल्लले दुई, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए। केही बेरमा नेपालले ब्याटिङ गर्नेछ।
यसअघि पहिलो खेलमा नेपालले नामिबियालाई पराजित गरेको थियो। त्यस्तै, दोस्रो खेलमा पनि नामिबियाले स्कटल्यान्डसँग हार बेहोरेको थियो।