कांग्रेस सांसदले गरे मधेश प्रदेश सभा बैठक अवरुद्ध
नेपाली कांग्रेसका सांसदले मधेश प्रदेश सभाको बैठक अवरुद्ध पारेका छन्।
बुधबार प्रदेश सभाको बैठक बसे लगत्तै कांग्रेसले अतिथिलाई संसदीय दलको कार्यालयमा प्रवेश गर्न नदिइएको भन्दै विरोध जनाएको हो। कांग्रेस संसदीय दलको कार्यालयमा अतिथिलाई प्रवेश गर्न नदिएको भन्दै सांसदले विरोध गरेका हुन्।
कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले अतिथिलाई मर्यादापालक लगाएर किन संसदीय दलको कार्यालयमा प्रवेश गर्न दिइएन भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफ नआएसम्म बैठक अवरुद्ध पार्ने झाले बताए।
कांग्रेसका प्रदेश सभा सदस्यले बैठक सञ्चालन गर्न नदिएपछि प्रदेश सभाको बैठक केही समयका लागि स्थगन भएको छ।