नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार एक अर्बले वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ, तर कारोबार भने एक अर्बले बढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से ६०.७७ अङ्कले घटेर दुई हजार १२१.८६ मा झरेको छ। गत साताको अन्तिम दिन शुक्रबार दुई हजार १५३.३१ अंक रहेको थियो।
आज २५३ वटा कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता शेयर खरीद बिक्री हुँदा तीन अर्ब चार करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँको कारोबार भएको छ। शुक्रबार दुई अर्ब दुई करोड ८५ लाख ७९ हजार ७४८ रुपैयाँको कारोबार भएको थियो।
आज सबै समूहको उपसूचकमा गिरावट देखिएको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ३५७.१३ र निर्जीवन बीमा समूहको उपसूचक २३८.३६ अङ्कले घटेको छ। ब्यांकिङ समूह २७.९७, विकास ब्यांक समूह १४१.५९, वित्त समूह ८४.७० र होटल तथा पर्यटन समूह ९०.८७ अङ्कले घटेको छ।
त्यस्तै, जलविद्युत् समूह ११०.६५, लगानी समूह २.६३, उत्पादन तथा प्रशोधन समूह २२०.७३ र लघुवित्त समूहको उपसूचक १०२.७३ अङ्कले घटेको छ। आज म्युचुअल फन्ड ०.१२, अन्य समूह ३७.१६ र व्यापार समूह ४०.१६ अङ्कले घटेको छ।