लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। नेकपा (माओवादी केन्द्र) बाट जोखबहादुर महरा, इन्द्रजित थारु, नेकपा (एमाले) बाट विष्णुप्रसाद पन्थी, दुर्गाप्रसाद चौधरी, तुलसिराम शर्मा, राप्रपाबाट जानकीप्रसाद यादव र जनमत पार्टीबाट चन्द्रकेश गुप्ताले शपथ लिएका छन्।
यसअघि मुख्यमन्त्री लिला गिरीसँगै एमालेबाट चेतनारायण आचार्य र माओवादीबाट कृष्णा केसीले शपथ लिएका थिए। गिरी गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री नियुक्त भएको एक महीनापछि सरकारले पूर्णता पाएको हो।
कसलाई कुन मन्त्रालय?
लिला गिरी: मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
जोखबहादुर महरा: आर्थिक मामिला मन्त्रालय
इन्द्रजित थारु: भौतिक पूर्वाधार विकास मन्त्रालय
कृष्णा केसी: आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय
चेतनारायण आचार्य: खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्रालय
विष्णु पन्थी: स्वास्थ्य मन्त्रालय
दुर्गाप्रसाद चौधरी: वन तथा वातावरण मन्त्रालय
तुलसीराम शर्मा: कृषि तथा भूमि व्यवस्था मन्त्रालय
जानकीप्रसाद यादव: उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय
चन्द्रकेश गुप्ता: सामाजिक विकास मन्त्रालय