सुदूरपश्चिममा तीन सदस्यीय मन्त्रिपरिषद् गठन
सुदूरपश्चिम प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको हो। मुख्यमन्त्री शाहको सिफारिशमा प्रदेश प्रमुख देवराज जोशीले दुई मन्त्री नियुक्त गरेका हुन्।
नेपाली कांग्रेसबाट प्रकाश देउवा र नेकपा (एकीकृत समाजवादी) बाट नरेश शाही मन्त्री बनेका छन्। शाहीलाई आर्थिक मामिला र देउवालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि माघ २६ गते कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए। उनी प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त भएका हुन्।
नवनियुक्त मुख्यमन्त्री शाहले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीसँगै दुवै मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।