सात अंकले घट्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसुचक बुधबार घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसुचक ७.१६ अङ्कले घटेर दुई हजार १७०.१८ अङ्कमा झरेको छ। आज २५७ वटा कम्पनीको एक करोड पाँच लाख दुई हजार ६४९ कित्ता शेयर तीन अर्ब ६९ करोड १९ लाख ७२ हजारमा कारोबार भएको छ।
अन्य समूहको उपसूचक ७.७५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५८.६३ र होटल तथा पर्यटन समूहको उपसूचक ४९.७१ अङ्कले घटेको छ।
ब्यांकिङ समूह ०.७९, विकास ब्यांक समूह २२.६२, वित्त समूह ३६.२५, जलविद्युत् समूह २७.३६ र लगानी समूह ०.१० अङ्कले घटेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ४१.९०, लघुवित्त समूह १६.५७, म्युचुअल फन्ड समूह ०.०७, निर्जीवन बीमा समूह २८.५४ र व्यापार समूह ११.५० अङ्कले घटेको छ।