तस्वीरमा राष्ट्रिय सभा उपनिर्वाचन
राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा मतदान शुरू भएको छ।
रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन भएको हो। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान शुरू भएको छ।
बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले बताए। राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेसका माधवप्रसाद आचार्य, नेकपा (एमाले)का कुमार दसौंदी र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार छन्।