शिक्षा र श्रम मन्त्रालयको जिम्मेवारी दाहाललाई
प्रधानमन्त्री पुष्पकमल दाहालले दुई मन्त्री र एक राज्यमन्त्रीको राजीनामा स्वीकृत गरेका छन्।
दाहालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीको राजीनामा स्वीकृत गरेका हुन्।
शिक्षा र श्रम मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई नै तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति मार्फत जानकारी दिएका छन्।
नागरिकता विवादमा परेर पदमुक्त भएका रवि लामिछानेले गृहमन्त्री नपाएपछि खनाल, अर्याल र कार्कीले पदबाट राजीनामा दिएका हुन्।