राष्ट्रपतिले माघ २७ मा संघीय संसद्लाई सम्बोधन गर्ने
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिले संघीय संसद्लाई सम्बोधन गर्ने बताएका छन्। राष्ट्रपति भण्डारीले माघ २७ गते अपराह्न ३ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने तय भएको छ।
नेपालको संविधान बमोजिम राष्ट्रपतिबाट संयुक्त सदनलाई सम्बोधन गर्ने व्यवस्था छ। त्यही व्यवस्था अनुसार, राष्ट्रपति भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्न लागेकी हुन्।
राष्ट्रपति भण्डारीको पाँचवर्षे पदावधि आगामी फागुन २९ गते सकिंदै छ। त्यसअघि फागुन २५ गते नयाँ राष्ट्रपतिका लागि निर्वाचन तय भएको छ।