सन्दीपको मुद्दामा सबै कागजात झिकाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेको मुद्दामा सबै कागजात झिकाउन आदेश दिएको छ।
शुक्रबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको हो। यसमा उजुरीदेखि उच्च अदालतले गरेको आदेशसम्मका सबै कागजात पर्छन्।
उच्च अदालत, पाटनले लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। त्यसका विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले माघ १९ गते सर्वोच्चमा निवेदन दिएको थियो।
त्यसमाथि शुक्रबार सर्वोच्च अदालतमा भएको सुनुवाइपछि न्यायाधीश फुयाँलले सबै कागजात झिकाउन आदेश दिएको हो।