सन्दीपको निलम्बन फुकुवासँगै यस्ता छन् क्यानको बैठकले गरेका १३ निर्णय
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने सहित १३ वटा निर्णय गरेको छ।
पोखरामा सम्पन्न क्यानको बोर्ड बैठकले राष्ट्रिय टोलीका पूर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। बलात्कारको अभियोगमा पुर्पक्षका लागि धरौटीमा रिहा भएका लामिछानेलाई गत भदौ २३ गते निलम्बन गरिएको थियो।
त्यस्तै, क्यानले पुरुष र महिला टोलीका ३० खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको छ। जसमा १८ जना पुरुष खेलाडी र १२ जना महिला खेलाडी छन्।
यससँगै क्यानले कार्यसमिति सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिव चयन गरेको छ। यसअघि कार्यवाहक सचिव रहेका प्रशान्तविक्रम मल्लले राजीनामा दिएपछि पाठकलाई सो जिम्मेवारी दिइएको हो।