राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ मा
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ।
सोमबार बसेको आयोगको बैठकले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिंदै छ। राष्ट्रपतिको कार्यकाल सकिनुभन्दा चार दिनअघि निर्वाचन गर्न लागिएको हो। राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुन्छ।
त्यस्तै, उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते गर्ने निर्णय भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए। उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल आगामी चैत ४ गते सकिंदै छ। उपराष्ट्रपतिको कार्यकाल पनि पाँच वर्षको हुन्छ।