रविको सांसद पद खारेज गर्ने सर्वोच्चको आदेशमा के छ? (आदेश सहित)
सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ।
विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिने कानूनी प्रक्रिया पूरा नगरेकाले लामेछाने प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न र त्यसरी निर्वाचित भएको पदमा बस्न अयोग्य हुने सर्वोच्चले फैसला गरेको हो।
लामिछानेले अमेरिकी नागरिकता त्यागेको जानकारी सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई नदिएको र यो प्रक्रिया पूरा गरेको भनेर लामिछानेले इजलासमा समेत जिकिर नलिएकाले उनलाई प्रतिनिधि सभाको उम्मेदवार बन्नै अयोग्य रहेको ठहर गरेको छ।
सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानको सांसद पद खारेज हुने फैसला गरेको हो।
सर्वोच्च अदालतको संक्षिप्त आदेश: