होण्डाका मोटरसाइकलमा दुई आकर्षक योजना
होण्डा टु ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले होण्डा साइन र होण्डा ग्राजिया मोटरसाइकलमा दुई आकर्षक सुविधाका योजना सार्वजनिक गरेको छ।
योजना अनुसार, ग्राहकले अर्डर गरेका होण्डा साइनको कुनै पनि पाटपुर्जा ९९ घण्टाभित्र पाउने सुनिश्चितता गरिएको छ। तोकिएको समयभित्र पार्टपुर्जा नआए ग्राहकले आफ्नो इच्छा अनुसारको रकम मात्र तिर्न पाउने छूट दिइएको छ। छिटो सर्भिसको सुनिश्चितताका लागि यस्तो योजना अघि सारेको कम्पनीले जनाएको छ।
त्यसैगरी, होण्डा ग्राजिया खरीद गर्ने ग्राहकले एक रुपैयाँ तिरेर तीन वर्षका लागि सर्भिसिङ र विभिन्न पाटपुर्जाको सुविधा लिन पाउने अर्को योजना पनि अघि सारिएको छ। ग्राहकका लागि न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सेवा दिने कम्पनीले विज्ञप्तिमा जनाएको छ।