ल्होसारको रमाइलो (तस्वीरहरू)
तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार आज विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।
काठमाडौंको टुँडिखेलमा आइतबार विशेष समारोहको आयोजना गरिएको छ। समारोहमा विविध सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ।
सोनाम ल्होसारलाई तामाङ समुदायले नयाँ वर्षका रूपमा पनि मनाउँछ। तामाङ समुदायका इष्टदेवता मञ्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार धर्मतिर्सना गरेको ऐतिहासिक दिनका रूपमा पनि सोनाम ल्होसार मनाउने गरिन्छ।