उपसभामुखमा इन्दिरा राना मगरको उम्मेदवारी दर्ता
प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गरेकी छन्।
शुक्रबार संघीय संसद् भवन पुगेर मगरले उम्मेदवारी दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा स्वतन्त्र पार्टीकी सांसद शोभिता गौतम रहेकी छन्।
त्यस्तै, समर्थकमा नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्मा, नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देन रहेका छन्।
झापाको अर्जुनधारा नगरपालिका–११ की मगर समानुपातिकबाट सांसद निर्वाचित भएकी हुन्। उनी समाजसेवामा सक्रिय छन्।