लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन्।
गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त गिरीले बिहीबार प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्। उनलाई नेकपा (एमाले)सँगै नेकपा (माओवादी केन्द्र), जसपा, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका छन्।
प्रदेश सभाका ८७ मध्ये ५७ सांसदले विश्वासको मतको पक्षमा मत दिए। विपक्षमा २८ मत खसेको सभामुख तुलाराम घर्तीले सदनलाई जानकारी दिए। नेपाली कांग्रेसका २७ र राष्ट्रिय जनमोर्चाका एक सांसदले विपक्षमा मत दिएका थिए।