पल शाहले जिल्ला अदालत तनहुँबाट पाए सफाइ
जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई नाबालिका बलात्कारको अभियोगबाट सफाइ दिएको छ।
न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले माघ ३ गते अभियोग दाबी नपुग्ने फैसला गरेको हो। एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा शाह विरुद्ध तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा चलाइएका थिए।
पूर्वी नवलपरासी जिल्ला अदालतले बलात्कारमा सफाइ दिए पनि बाल यौन दुर्व्यवहारमा दोषी मान्दै साढे दुई वर्ष जेल र १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो।