प्रतिपक्षमै बसेर राष्ट्रपति-सभामुख पाए छाड्दैनौं: कांग्रेस
नेपाली कांग्रेसले प्रतिपक्षमै बस्ने तर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख जस्ता पद पाए लिने जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले माघ ३ गते बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक पदहरू पाए लिने धारणा राखेका हुन्।
“प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दागर्दै, संविधानको पालना–संरक्षण गर्नुपर्ने र तटस्थ बस्नुपर्ने भएकाले यसबारे छलफल गर्न तयार छौं,” बैठकबारे जानकारी दिंदै कांग्रेस नेता रमेश लेखकले भने, “प्रधानमन्त्रीले विषय प्रवेश गराउनुभएको छ, सहमति भने केही भएको छैन।”
प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि आफ्नो भूमिका विवादित भएका वेला कांग्रेसले यस्तो धारणा राखेको हो।
बैठकमा दाहालले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख लगायतका पदमा छलफल गरेर जान सकिने धारणा राखेका थिए।