मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री?
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएको छ।
एक उपप्रधानमन्त्री सहित १२ जना मन्त्री र ३ जना राज्यमन्त्री थपिएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका छन्। लिङ्देनसँगै उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले माघ ३ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
प्रधानमन्त्री
१. पुष्पकमल दाहाल- वन तथा वातावरण, युवा तथा खेलकुद
उपप्रधानमन्त्री
२. विष्णुप्रसाद पौडेल- अर्थ
३. नारायणकाजी श्रेष्ठ- भौतिक पूर्वाधार तथा यातायात
४. रवि लामिछाने- गृह
५. राजेन्द्रप्रसाद लिङ्देन- ऊर्जा, जलस्रोत तथा सिंचाइ
मन्त्री
६. रेखा शर्मा- सञ्चार तथा सूचना प्रविधि
७. विक्रम पाण्डे- सहरी विकास
८. ज्वालाकुमारी साह- कृषि तथा पशुपंक्षी विकास
९. दामोदर भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति
१०. राजेन्द्रकुमार राई- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
११. अब्दुल खान- खानेपानी
१२. विमला राई पौड्याल- परराष्ट्र
१३. पदम गिरी- स्वास्थ्य तथा जनसङ्ख्या
१४. भगवती चौधरी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१५. हरिप्रसाद उप्रेती- रक्षा
१६. सुदन किराती- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१७. अमनलाल मोदी- सङ्घीय मामिला तथा सामान्य प्रशासन
१८. शिशिर खनाल- शिक्षा, विज्ञान तथा प्रविधि
१९. डोलप्रसाद अर्याल- श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०. ध्रुवबहादुर प्रधान- कानून, न्याय तथा संसदीय मामिला
राज्यमन्त्री
२१. सुशीला सिर्पाली ठकुरी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२२. डा. तोसिमा कार्की- स्वास्थ्य तथा जनसङ्ख्या
२३. दीपकबहादुर सिंह- ऊर्जा, जलस्रोत तथा सिंचाइ