गण्डकीको सभामुखमा कृष्णप्रसाद धिताल निर्वाचित
गण्डकी प्रदेशको सभामुखमा कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्।
सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद धिताल सभामुखमा निर्वाचित भएका हुन्। शनिबार भएको मतदानमा धितालले ३२ मत पाए।
प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सरस्वती अर्यालले २६ मत पाइन्। मतदानमा ५८ सांसद सहभागी भएका थिए। आजको बैठकमा कांग्रेसका सांसद महेन्द्रध्वज जीसी अनुपस्थित रहेका थिए।
नवनिर्वाचित सभामुख धिताल गोरखा १ ‘क’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। ६२ वर्षीय धिताल गोरखाको भिमसेनथापा गाउँपालिकाका बासिन्दा हुन्।
उपसभामुखको निर्वाचन भने माघ २ गते हुने भएको छ। सत्तारुढ गठबन्धनमा भागबण्डा हुँदा उपसभामुख एमालेको भागमा परेको छ।