सन्दीप लामिछानेलाई रिहा गर्न जिल्ला अदालत लगियो
बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई रिहा गर्न जिल्ला अदालत, काठमाडौं लगिएको छ।
पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उल्टाउँदै उच्च अदालत, पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालतको आदेशअनुसार, उनलाई रिहा गर्न जिल्ला अदालत लगिएको हो।
जिल्ला अदालतमा २० लाख धरौटी बुझाएपछि उनी आजै रिहा हुनेछ। यससँगै उनले जिल्ला अदालतमा तारेख पनि थाम्नु पर्ने भएको छ।