मधेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन
मधेश प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
नवनियुक्त मुख्यमन्त्री सरोज यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले तीन जना मन्त्री नियुक्त गरेका छन्। नेकपा (एमाले) बाट सरोजकुमार यादव, जनता समाजवादी पार्टी (जसपा) बाट सञ्जय यादव र जनमत पार्टीबाट वसन्त कुश्वाहा मन्त्री बनेका छन्।
प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्री यादव र तीनै जना मन्त्रीलाई शुक्रबार पद तथा गोपनीयताको शपथ खुवाएका छन्। मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका छन्।
नवनियुक्त तीनै जना मन्त्रीको कार्यविभाजन हुन बाँकी छ।