प्रदेश १ मा माओवादी पनि सरकारमा सहभागी
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा (एमाले) बाट एक जना र नेकपा (माओवादी केन्द्र) बाट दुई जना मन्त्री थपेका हुन। एमालेबाट बुद्धिकुमार राजभण्डारी तथा माओवादीबाट दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य मन्त्री बनेका छन्।
तीन जना मन्त्रीलाई शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका छन्। उनीहरूको कार्यविभाजन हुन बाँकी छ। मन्त्री नियुक्त हुँदा समर्थन नदिएको भए पनि आज भने माओवादी पनि सरकारका सहभागी भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा कार्की पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।