५० हजार वर्षपछि पृथ्वीबाट देखिंदैछ हरियो रङको पुच्छ्रेतारा
५० हजार वर्षअघि देखिएको हरियो रङको पुच्छ्रेतारा आज पृथ्वीबाट देखिंदैछ। यसअघि हिमयुगमा देखिएको थियो।
बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्माले ५० हजार वर्षअघि पृथ्वीबाट देखिएको हरियो पुच्छ्रेतारा आज देखिने बताए।
मानव पुर्खा होमो सेपियन्सको पालामा हरियो रङको पुच्छ्रेतारा देखिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सहप्राज्ञ अन्तरिक्ष वैज्ञानिक विनोद अधिकारी बताउँछन्। उनी भन्छन्‚ “मानव सभ्यातको विकासक्रममा ५० हजार वर्षअघि होमो सेपियन्सको पालामा यो पुच्छ्रेताराले पृथ्वी परिक्रमा गरेर गएको थियो।”
सौयैमण्डलका धेरै पुच्छ्रेताराले सयमक्रममा पृथ्वीलाई परिक्रमा गरिरहन्छ। आज देखिने पुच्छ्रेताराको रङ हरियो छ। यसको दुईवटा पुच्छर छन्। तीमध्ये एउटा धेरै लामो छ। तारापुञ्ज (डाइकार्बन मालिक्यु) दुई खालको कार्बनको मिश्रणले बनेको हुँदा हरियो देखिनेछ।
अन्तरिक्ष वैज्ञानिक अधिकारी अन्तरिक्ष वैज्ञानिकहरूले यसअघि नै उत्तरी गोलार्द्धबाट १३ जनवरीमा हरियो रङको पुच्छ्रेतारा देखिने प्रक्षेपण गरिसकेको बताउँछन्। यो पुच्छ्रेतारा अहिले नाङ्गो आँखाले देख्न नसकिए पनि दूरबिन वा टेलिस्कोपले देख्न सकिने छ। तर‚ माघ १८ पछि भने नाङ्गो आँखाले पनि देख्न सकिने जानकारहरू बताउँछन्।
सूर्यलाई परिक्रममा गर्ने क्रममा हरियो पुच्छ्रेतारा पुस २९ मा सूर्यको सबैभन्दा नजिक पुग्ने छ। वैज्ञानिकहरूले जुब्बिक ट्रान्समिट फेसिलिटीको नाम दिएर सि/२०२३ ई ३ (जेटटीएफ) वर्गीकरण गरेका हरियो पुच्छ्रेतारा पुस २९ पछिका केही सातासम्म देख्न सकिने छ। गत वर्षको मार्चमा वृहस्पति ग्रहलाई परिक्रममा गरिरहेका वेला यस पुच्छ्रेतारा पहिचान गरिएको अधिकारीले बताए। शुरूमा छुद्रग्रह भएको अनुमान गरिएको थियो। तर‚ वृहस्पतिलाई छाड्दै गर्दा यसको चम्किलो प्रकाशले यो तारा भएको यकिन गरिएको थियो।
नासा तथा अन्य वैज्ञानिक संस्थाको बेवसाइटमा यसको ‘लाइभस्ट्रिम’ पनि राखिने जनाइएको छ। माघ १८ मा यो तारा पृथ्वीको ४२ करोड किलोमिटरको दूरीसम्म आइपुग्नेछ। हाल यो तारालाई पृथ्वीको उत्तरी गोलार्द्धबाट देखिनेछ भने माघपछि भने दक्षिणी गोलार्द्धबाट पनि देख्न सकिनेछ।