राजकुमार शर्मा कर्णालीको मुख्यमन्त्री नियुक्त
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन्।
कर्णालीका प्रदेश प्रमुख तिलक परियारले बुधबार शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको हो।
उनले २५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। जसमा माओवादीका १३, एमालेका १०, एकीकृत समाजवादी र राप्रपाका एक–एक सांसद छन्।
रुकुम पश्चिम ‘ख’बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचिन शर्मा माओवादीको पोलिटब्युरो सदस्य हुन्।